Rapti Academy of Health Sciences, Dang, Nepal

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ, नेपाल

Tender and Quotation

प्रतिष्ठानको छैठौं वार्षिकोत्सब विभिन्न कार्यक्रमहरुको आयोजना गरी सम्पन्न

Published on : Oct 18, 2023

मितिः २०८०-०६-२९ गते सोमबार प्रतिष्ठान स्थापनाको छैठौं वार्षिकोत्सब विभिन्न

कार्यक्रमहरुको आयोजना गरी सम्पन्न भयो । सो अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख एवं प्रतिष्ठान सभा (सिनेट) सदस्य श्री नरुलाल चौधरी र समारोह समितिका अध्यक्ष उपकुलपति डा. विकास लामिछानेले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा वाँहाहरुले राष्ट्रिय र प्रतिष्ठानको झण्डोत्तोलन गर्नुभयो ।

प्रमुख अतिथिको रुपमा संबोधन गर्नुहुँदै नगर प्रमुख श्री नरुलाल चौधरीले यस प्रतिष्ठान दाङको साथै तत्कालिन राप्ती अंचलका जिल्लाहरु रुकम, रोल्पा, सल्यान,प्यूठान बासी नागरिकहरुको सेवा उपचार गर्ने आशा र भरोसाको केन्द्र भएको छ भन्नुभयो ।

प्रतिष्ठानले ऋइख्क्ष्म्(ज्ञढCOVID -19  को महामारीमा विरामीहरुको उपचार गरी नागरिकहरुको ज्यान बचाउन पुराईएको  योगदानको प्रशंसा गर्नुभयो । वाँहाले प्रतिष्ठानले अस्पताल सेवा विस्तार गरी विभिन्न प्रकारका विरामीको उपचार प्रभावकारी रुपमा संचालन गरेको छ, भन्नुभयो । घोराही उपमहानगरपालिकाले प्रतिष्ठानमा विगतमा COVID को रोकथाम, उपचार र NICU Ward स्थापना गर्न अनुदान उपलब्ध गराए जस्तै सिकलसेल एनिमियाको परीक्षण गर्न आवश्यक पर्ने उपकरण खरिद गर्ने प्रयोजनका लागि वजेट विनियोजन गरेको जानकारी गराउनुभयो भयो ।

त्यसै गरी उहाँले शैक्षिक कार्यक्रम संचालनको साथै सेवा विस्तार गर्न प्रतिष्ठानका पदाधिकारीहरु,उपकुलपति डा. विकास लामिछाने, पूर्व  शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, रजिष्ट्रार श्री  प्रकाश थापा, डीन डा. सागर पन्थी, निर्देशक डा. रमेश कडेंल लगायत याँहाका विशेषज्ञ शिक्षक, चिकित्सक तथा स्वास्थ्यकर्मीले पुर्याएको  योगदानका लागि 

आफु  र नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिनुहुन्दै प्रतिष्ठानको उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो ।

कार्यक्रमका सभापती तथा उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानको सेवा विस्तार गरी Tertiary Care Hospital को रुपमा विभिन्न प्रकारका विरामीको उपचार सेवा पुर्याईएको, BSc Nursing र BNS शैक्षिक कार्यक्रम संचालन गरेको र यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर (MD/MS)  तहमा Gynecology and Obstetrics, Orthopedics  र MDGM विषयमा पढाई सुरु गर्ने कार्यक्रम राखी सम्पूर्ण पूर्वाधारको व्यवस्था गरेको जानकारी गराउनु भयो । त्यसैगरी जेरियाट्रिक विषयमा १ वर्षे Felloship Programme संचालन गर्न लागेको जानकारी गराउनु भयो । साथै अर्को वर्षदेखि  MBBS कार्यक्रममा पढाइ संचालन गर्ने योजना रहेको, अनुसन्धानको क्षेत्रमा IRC को मान्यता प्राप्त गर्ने क्रममा रहेको तथा प्रतिष्ठानले निकट भविष्यमा न्यूरोसर्जरी र कार्डियोलोजी सेवा प्रदान गर्ने गरी अगाडी बढेको व्यहोरा जानकारी गराउनु  भयो । सो अवसरमा प्रमुख अतिथि, उपकुलपति, रजिष्ट्रार, रणशिंह दल गणका गणपतिले खेलकुद (फूटसल, टेबलटेनिस, ब्याटमिन्टन) रक्तदान तथा  हाजिर जवाफ प्रतियोगिता पुरस्कृत चिकित्सक, कर्मचारी, विद्धार्थीहरुलाई प्रमाणपत्र तथा मेडल प्रदान गर्नु भयो  कार्यक्रम प्रतिष्ठानका चिकित्सक, कर्मचारीको साथै BSc Nursing र BNS कार्यक्रमका विद्धार्थीहरुको आयोजनामा सास्कृतिक  कार्यक्रम संचलन भएको थियो  ।