Medical Education Department पुनर्गठन गरिएको
मिति २०८३/०२/२७ को निर्णय अनुसार प्रतिष्ठानमा शैक्षिक सत्र २०२३ देखि BSc Nursing र BNS कार्यक्रममा पठन पाठन कार्यक्रम शुरु भएको, २०२४ देखि MD/MS र २०२५ देखि MBBS मा पठन पाठन कार्यक्रम संचालन भएको एवं आगामी शैक्षिक सत्रदेखि MD/MS मा थप विषय र MSc Nursing कार्यक्रम संचालन गर्ने योजना रहे अनुसार शैक्षिक कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्नका लागि निम्न बमोजिम Medical Education Department पूनर्गठन गरिएको छ ।
१. प्रा.डा. विकास गौचन, जनरल प्राक्टिस एण्ड इमरजेन्सी मेडिसिन विभाग - अध्यक्ष
२. श्री शर्मिला शर्मा, असिस्टेण्ट प्रोफेसर, स्कुल अफ नर्सिङ - सदस्य
३. डा. अनन्द न्यौपाने, असिस्टेण्ट प्रोफेसर, विभागीय इन्चार्ज - सदस्य
४. डा. हिमान्शु शाह, असिस्टेण्ट प्रोफेसर, विभागीय इन्चार्ज - सदस्य
५. डा. सुशिल खनिया, असिस्टेण्ट प्रोफेसर, विभागीय इन्चार्ज - सदस्य
६. डा. निरोज खनाल, लेक्चरर, इन्चार्ज डेन्टल विभाग - सदस्य
७. श्री आशिष थापा, शाखा अधिकृत - सदस्य